ब्राजिलमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

ब्राजिलमा पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

काठमाण्डौ : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४२ पुगेको छ ।

उद्धारकर्मीहरुले जमिनमा माटोमा पुरिएको अवस्थामा एक जना ३७ वर्षीय पुरुषको शव भेटिएपछि ज्यान गुमाउनेको सङ्ख्या ४२ पुगेको हो ।

उद्धारकर्मीका अनुसार पहिरोमा अन्य रु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै सुरु भएको पहिरोले बगाएको थियो ।

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।