कोरोनाको त्रास : सुनसान होली(फोटो फिचर)

काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यद्यपि, यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापी बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । कोरनाको त्रासका कारण विगतका होलीमा उत्सव र कार्यक्रम हुने ठाउँहरुपनि आज भने सुनसान जस्तै बनेका छन् । विहानैदेखी सडका भरीभराउ हुने दिनमा समेत आज कोरोनाको त्रासका कारण छिटफुटमात्रमा सर्वसाधरणले होली खेलेको देखीएको छ । नेपाली भन्दापनि आज विदेसी पर्यटकहरु रंग र अविर दलेर काठमाडौं घुमीरहेको दुश्य देखीएको छ । हेर्नुहोस आज विहान काठमाडौका विभिन्न ठाउमा कैद गरीएका तस्विरहरु