तीन वर्ष मानिसको आयु वायु प्रदूषणले घटाउने

तीन वर्ष मानिसको आयु वायु प्रदूषणले घटाउने

काठमाण्डौ : घर बाहिरको वायु प्रदूषणले मानिसको आयु झण्डै तीन वर्ष घटाउन थालेको एक अध्ययनले देखाएको छ ।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित अध्ययनले घर बाहिरको वायु प्रदूषणले मानिसको आयु २ दशमलव ९ वर्षले घटाइरहेको देखाएको हो । युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको उनीहरुले दाबी गरेका छन् । उनीहरुले वायु प्रदूषणका कारण ज्यान गुमाउनेको संख्या धुमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन् ।