करोना भाइरसलाई राज्यले नियन्त्रण गर्न सक्छ : उद्योग मन्त्री भट्ट

करोना भाइरसलाई राज्यले नियन्त्रण गर्न सक्छ : उद्योग मन्त्री भट्ट

काठमाडौ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यदि देशमा कारोना भाइरसको संक्रमण भईहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता नेपाल सरकारमा रहेको बताएका छन् ।

मन्त्री लेखराज भट्ट उक्त कार्यक्रमा नेपाल सरकार करोना भाइरसलाई लिएर सरकार गम्भिर रहेको जनाएका छन् । भारतको नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमित बढे संगै सरकारले भारतसँगका मुख्य–मुख्य ७ वटा नाकाहरुमा हेल्फ डेस्कका साथै स्वास्थ्य कर्मीहरुको टिम राखि सकेको र कडाईका साथ चेकजाँच भइरहेको जानकारी दिएका छन् । यदी आवश्यक परेमा क्वारेन्टाईन पनि राखिने बताएका छन् । उनले भने थप ३७ वटा नाकाहरुको पहिचान गरिएको छ र त्यसमा पनि जरुरत परे क्वारेन्टाईन संम राखने व्यवस्था मिलाईदै छ, भनेका छन् । देशभरि प्रशिक्षित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए ।

उनले भने गगन थापाले जुन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्, त्यसलाई सरकारले महत्वका साथ छलफल गरिरहेको बताएका छन् । देशलाई संकट पर्दा खेरी कोही पनि पक्ष र बिपक्षमा नहुने बताउदै उनले त्यसैले बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताएका छन् र अफ्वाको पछि नलाग्न बताएका छन् ।