विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौँ : परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्‍वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै पक्राउ गरिएको बताए।

उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ। प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति निकालेका छन् । बर्खास्तमा परेकी शिक्षिका सामाजिक विषय पढाउँथिन्।

भक्तपुर घर भएकी उनी विगत १० वर्षदेखिसोस्कुलमा अध्यायपनरत थिइन्।जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताए।