नेपाल घुम्‍न आएका भारतीय नागरिक तमोर नदीमा बेपत्ता

नेपाल घुम्‍न आएका भारतीय नागरिक तमोर नदीमा बेपत्ता

धनकुटा : भारतबाट नेपाल घुम्‍न आएका एक भारतीय नागरिक धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका छन्।

भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा त्यस नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

शनिबार दिउँसो करिब १ बजे बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए। शर्माको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।