व्यवहारिक शिक्षा आजको आवश्यकता किन ?

व्यवहारिक शिक्षा आजको आवश्यकता किन ?

कावासोती :नवलपुरको कावासोतीमा रहेको लुम्बिनी आदर्श मा.वि मा नेपाली कग्रेसको भातृ संस्था नेविसंघको आयोजनामा बक्तुत्वकला प्रतियोगिता भएको छ । व्यवहारिक शिक्षा आजको आवश्यकता विषयक वक्तुत्वकला प्रतियोगितामा १८ जना प्रतियोगी सहभागी भएको नेविसंघ लुम्बिनी आदर्श मा.विका अध्यक्ष मनिष गुरुङले बताए ।

विद्यार्थीहरुको प्रतिभा प्रस्पोटनकालागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको इकाइ सभापति गुरुङले बताए । कार्यक्रममा नेविसंघ जिल्ला सभापति राजेश पौडेलले विद्यालयहरुमा ब्यवहारीक शिक्षाको आवश्यकता औल्याए ।उनले विद्यार्थीहरुलाई शैद्धान्तिक भन्दा ब्यवहारीक शिक्षा दिनुपर्नेमा जोड दिए ।

कुनै पनि ठाउँको सामाजिक, आर्थिक, राजनीतिक र समयसापेक्ष विकासको लागि शिक्षाको विकल्प नभएकाले ब्यवहारीक शिक्षा आजको आवश्यकता रहेको सहभागीहरुले बताए ।

अन्तर मा.वि वक्तुत्वकला प्रतियोगितामा विज्ञान संकाय तर्फ कक्षा ११ की छात्रा निरुता शारु मगर प्रथम, व्यवस्थापन संकाय कक्षा ११ का छात्र देव बाहादुर राना मगर द्धितिय, विज्ञान संकाय कक्षा ११ की छात्रा जानकी पाठक तृतिय तथा कक्षा ११ शिक्षा संकायकी छात्रा सावित्रा पंगेनीले सान्तवना स्थान हासिल गर्न सफल भएकी छन् ।

कलेज प्रमुख बाबुराम राना मगरले नेविसंघ लुम्बिनी मावि. समितिले गरेको कार्यक्रम निकै प्रभावकारी भएको बताउदै आयोजकलाई धन्यवाद दिए । उनले विद्यालयमा शैक्षीक सुधारकालागि रचनात्मक सहयोगकालागि समेत अपिल गरे ।