अहिले संम ४३२ जनामा मात्र कोरोना भाइरसको परीक्षण

अहिले संम ४३२ जनामा मात्र कोरोना भाइरसको परीक्षण

काठमाडौँ : कोरोना भाइरस संसार भरिनै माहामारीको रुप लिदैं गए पनि अहिले संम नेपालमा जम्मा ४३२ जनामा मात्र कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकोमा कसैमा पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर चीनबाट फर्किएका एक नेपाली नागरिकमा कोरोना भाइरस पुष्टि भएको थियो र अहिले उनी पनि पूर्णरुपमा निको भइसकेको मन्त्रालयले प्रष्ट पारेको छ ।

अहिले संम ८० बन्दा धेरै देशहरुमा फैलिसकेको कोरोना भाइरस नेपालमा नदेखिएको कुरामा कति सत्यता छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिएकै कुरालाई आधार मानेर हर्ने हो भने नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने व्यक्ति अहिले संम एउटा पनि छैंन । तर कोरोना भाइरसबाट यूरोप र अमेरिकामा धेरै जना व्यक्तिहरुले आफनो ज्यान गुमाईसकेका छन् । आखिर सत्य तत्य कुरा के हो त ?