अस्ट्रेलियामा समुन्द्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलियामा समुन्द्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

सिड्‍नी : समुन्द्रमा डुबेर अस्ट्रेलियाको ब्रिस्बेनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । क्यानबेरास्थित नेपाली दूतावासका अनुसार पोखरा घर भएका निकित श्रेष्ठको पौडी खेल्ने क्रममा बुधबार डुबेर मृत्यु भएको हो ।

बुधबार दिउँसो साथीसँग समुन्द्रमा पौडी खेल्ने क्रममा उनलाई छालले बगाएको थियो। उनीसँगै गएका साथीहरूले उद्धारकर्मीलाई खबर गरे पनि उनलाई बचाउन नसकिएको एनआरएन क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए। उनको मृत शरीर २ सय मिटर पर भेटिएको थियो।

करिब ६ महिनाअघि मात्र उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका उनी स्थानीय फेडेरेसन युनिभर्सिटीमा आईटी विषय अध्ययनरत थिए। अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले घटना दुस्खद भएको जनाउँदै मृतकका परिवारसँग सम्पर्क गरेर आवश्‍यक सहयोग गर्ने बताए। उनले समुन्द्रमा डुबेर नेपाली विद्यार्थीहरुले ज्यान गुमाउने क्रम बढ्नु दुस्खद भएको सुनाए। एनआरएनसँग सहकार्य गरेर मृतकको शवलाई नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए।