कोरानाको त्रास : विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

कोरानाको त्रास : विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

धनकुटा : धनकुटाको चौविसे गाउँपालिका २ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालयका अधिकांस विद्यार्थी बिरामी पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले आजदेखि विद्यालय बन्द गरिएको समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले बताउनुभयो ।

गत आइतबारदेखि विद्यार्थीहरु झोक्रने, हिंडडुल गर्न नसक्ने तथा रुघाखोकीको समस्या देखिएकाले विद्यालय नै बन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापक महेश सिंहको भनाई छ । विद्यार्थी पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द रहने सिंहले बताउनु भयो ।

कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयका अधिकांस विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । उनीहरुमा मौसमी रुघाखोकीको समस्या देखिएको मुढेबास स्वास्थ्य चौकीका इन्चार्ज योगराज लिम्बूले जानकारी दिए ।