इलाम : इलामको फाकफोथुम गाउँपालिका ६, फुस्रेमा रहेको तीनजुरे बोर्डिङ्ग स्कूलको छात्रावासमा आगलागी हुुँदा २५ लाख बराबरको क्षति भएको छ ।
बुधबार राति विद्युत सर्ट भएर आगलागी हुँदा काठ र टिनबाट बनेका दुई तले घर जलेर नष्ट भएको प्रहरी चौकी एकतप्पाले जानकारी दिएको छ । प्रहरीकाअनुसार, घरभित्र रहेको भाँडाकुडा, लत्ताकपडा, अन्नपात, टेलिभिजन दुई थान, ल्यापटप ४ थान, कम्प्युटर २ थान, कुर्सी, दराज खाट जलेर नष्ट भएको छ।
स्थानिय र प्रहरीको सहयोगबाट झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन् ।