ललितपुरमा शुक्रबार बाहेक आइतबारसम्म दैनिक ८ घण्टा बिजुली काटिँदै

ललितपुरमा शुक्रबार बाहेक आइतबारसम्म दैनिक ८ घण्टा बिजुली काटिँदै

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले ललितपुरमा भोली शुक्रबार बाहेक आजदेखि आइतबारसम्म दैनिक ८ घण्टाका दरले बिजुली काट्ने भएको छ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ्ग फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले आज बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिजुली सट डाउनु गर्न लागेको जानकारी दिएको छ। तर भोली शुक्रबार भने बिजुली कटौती हुने छैन।

सो वितरण केन्द्र्रको फिडर अन्तर्गत फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिजुली काट्न लागिएको हो। अपग्रेडिङ कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ।