कोरोना भाइरस : इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

कोरोना भाइरस : इटालीमा मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

काठमाडौ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

भाइरसको संक्रमण बढ्दै गएपछि अप्रिल ३ सम्मका लागि व्यावसायिक फुटबल खेल र ठूला खेल प्रतियोगिताहरु दर्शकबिना खेलाइने इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले जानकारी दिएका छन्। फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कोन्टेले भाइरसको जोखिम न्यूनीकरणका लागि जिम्मेवार व्यवहारको महत्वपूर्ण भूमिका हुने बताएका छन्। ठूला भेला, जमघट र खेल प्रतियोगिताहरुमा नजाँदा संक्रमणको जोखिम कम हुने पनि उनले बताएका छन्।

यसैबीच इटालीका सबै विद्यालय र विश्वविद्यालय मार्च १५ सम्मका लागि बन्द गरिने भएको छ। कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै सबै शैक्षिक संस्था बन्द गरिएको शिक्षामन्त्री लुसिया एज्जोलिनाले बताइन्।

इटाली र इरानमा संक्रमण र मृतकको संख्या बढिरहँदा बुधबार पोल्यान्ड, एन्डोरा, अर्मेनिया र अर्जेन्टिनामा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको छ।

त्यस्तै कोभिड–१९ का कारण इरानमा ९२ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ। बुधबार थप १५ जनाको मृत्यु भएको छ भने ५ सय ८६ जनामा संक्रमण देखिएको छ।

बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ। बुधबार थप ३१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ। बुधबार थप १६० जनामा संक्रमण भएको पनि स्वास्थ्य आयोगले जनाएको छ। बिहीबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ४ सय ३० पुगेको छ भने करिब ५२ हजार निको भएका छन्।

चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। बिहीबार बिहानसम्म दक्षिण कोरियामा संक्रमितको संख्या ५ हजार ७ सय ६६ रहेको छ भने ३५ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले कोरोनाविरुद्धको लडाइँलाई युद्धको संज्ञा दिएका छन्।

अमेरिकामा पनि कोभिड–१९ को संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ। अमेरिकामा बिहीबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने १५८ जनामा संक्रमण देखिएको छ।त्यस्तै जापानमा १२ जनाको मृत्यु भएको छ भने एक हजार ३७ जनामा संक्रमण देखिएको छ।

त्यस्तै कोभिड–१९ को संक्रमणबाट फ्रान्समा ४, स्पेन, हङकङ, अस्ट्रेलिया र इराकमा २–२ जनाको मृत्यु भएको छ भने थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ।

बिहीबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित रहेका छन्। ५३ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

कहाँ कति मृत्यु, कति संक्रमित ?
देश मृत्यु हुनेको संख्या संक्रमितको संख्या
चीन ३,०२२ ८०,४३०
दक्षिण कोरिया ३५ ५,७६६
इरान ९२ ३,०८९
इटाली १०७ २,०३६
जापान (पानीजहाजसमेत) १२ १,०३७
अमेरिका ११ १००
फ्रान्स ४ २८५
जर्मनी
२६२
स्पेन २ २२८
सिंगापुर
११२
हङकङ २ १०३
कुवेत
५६
बहराइन
५२
थाइल्यान्ड १ ४३
ताइवान १ ४२
बेलायत
८७
अस्ट्रेलिया २ ५०
स्विजरल्यान्ड ९३
मलेसिया ५०
क्यानडा ३४
इराक २ ३५
नर्वे ५९
यूएई २८
अस्ट्रिया २९
नदेरल्यान्ड्स ३८
भियतनाम १६
स्विडेन ५२
लेबनान १५
इजरायल १५
मकाओ १०
आइसल्यान्ड २६
सान मारिनो १ १६
बेल्जियम २३
क्रोएसिया १०
फिनल्यान्ड ७
ग्रीस ९
कतार ८
इक्वेडर १०
भारत २९
मेक्सिको ६
ओमान १५
अल्जेरिया १७
चेक गणतन्त्र ८
डेनमार्क १५
पाकिस्तान ५
फिलिपिन्स १ ३
अजरबैजान ३
जर्जिया ३
रोमानिया ६
रुस ३
ब्राजिल ३
इजिप्ट २
इन्डोनेसिया २
पोर्चुगल ६
अफगानिस्तान १
एन्डोरा १
अर्मेनिया १
बेलारुस १
कम्बोडिया १
डोमिनिकन गणतन्त्र १
इस्टोनिया २
आयरल्यान्ड १
जोर्डन १
लाट्भिया १
लिथुवानिया १
लम्जेमबर्ग १
नर्थ म्यासेडोनिया १
मोनाको १
मोरक्को १
नेपाल १
न्युजिल्यान्ड १
नाइजेरिया १
साउदी अरेबिया २
सेनेगल ४
श्रीलंका १
ट्युनिसिया

युक्रेन १
अर्जेन्टिना १
लिचेन्स्टाइन १
स्लोभेनिया १
पोल्यान्ड १