सिराहामा दुई मोटरसाइकल ठोक्किए लगत्तै बसले किच्दा एक जनाको मृत्यु

सिराहामा दुई मोटरसाइकल ठोक्किए लगत्तै बसले किच्दा एक जनाको मृत्यु

जनकपुर : सिराहामा दुई वटा मोटरसाइकल ठक्कर खाए लगत्तै बसले किच्दा एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम् राजमार्ग अन्तर्गत गोलबजार(४ स्थित सडक खण्डमा बुधबार दिउँसो यस्तो दुर्घटना भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३३ प २०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३१ प ५८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुईवटा मोटरसाइकल ठक्कर खाए लगत्तै पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ४२६५ नम्बरको यात्रुबाहक बसको पछाडिको चक्काले को ३३ प २०९८ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला सिरहा लहान नगरपालिका १९ बस्ने वर्ष २६ को मोहमद लुतफुर रहमानको घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार को ३१ प ५८८३ नम्बरको मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने वर्ष २६ को आरजु राई समेत घाइते भएकी छन् । उनको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सप्तरीको राजविराज नगरपालिका(९ बस्ने ४२ वर्षीय बसका चालक ब्रहमदेव रजकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।