सिंगापुर हुँदै न्युजिल्यान्ड पुगेकी महिलालाई कोरोना देखिएपछि उनी चढेका तीन जहाजका यात्रु खोजिँदै

सिंगापुर हुँदै न्युजिल्यान्ड पुगेकी महिलालाई कोरोना देखिएपछि उनी चढेका तीन जहाजका यात्रु खोजिँदै

काठमाडौ : बुधबार एयर न्युजिल्यान्डले सिङ्गापुरबाट अक्यान्ड गएकी एक यात्रुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

न्युजिल्यान्डमा कोरोनाभाइरस संक्रमित हुने उनी दोस्रो व्यक्ति हुन्। उनमा कोरोनाभाइरसको संक्रमण देखिन अघि उनि इटाली गएकी थिइन्। ती यात्रु गत फेब्रुअरी २५ तारिखमा सिङ्गापुरबाट एनजेट२८३को विमानमा अक्ल्यान्ड पुगेकी थिइन्।

मार्च २ मा फेरि उनी एनजेट ५१०३ विमानमा न्युजिल्यान्डकै अर्को शहर पालमरस्टन गइन् भने सोही दिन एनजेट८११४ विमानबाट अक्ल्यान्ड फर्केकी थिइन्। हामी स्वास्थ मन्त्रालय र अन्य सरकारी संस्थासँग समन्वय गरी सिङ्गापुरबाट आएका यात्रु र ती दुई विमानका आन्तरिक यात्रुहरूलाई सम्पर्क गर्ने प्रयास गर्दैछौं, एयरलाइन्सले भनेको छ।

द न्युजिल्याण्ड हेराल्डका अनुसार अहिले ती महिला आफ्नै घरमा आइसोलेसनमा छन्। उनका प्रेमीमा पनि कोरोनाका जस्तै लक्षण देखिएपछि उनी पनि आइसोलेसनमै राखिएका छन्।

यसअघि दोहा हुँदै अष्ट्रेलिया पुगेकी एक महिलामा पनि कोरोनाभाइरस देखिएको थियो। गत फेब्रअरी २३ मा कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ९०८मा अष्ट्रेलिया पुगेकी एक महिलामा कोरोनाभाइरसको संक्रमण रहेको भेटिएपछि त्यस विमानमा रहेका अन्य यात्रुलाई पनि चेकजाँच गर्न आग्रह गरिएको छ। साथै लक्षण देखिए तत्कालै उपचार गर्न भनिएको छ।

इरान घुमेर सिड्नी दोहा हुँदै सिड्नी पुगेकी ती ५० वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण भेटिएको थियो। सोमबार न्यु साउथ वेल्सका स्वास्थमन्त्री ब्राड ह्याजार्डले सरकारले त्यस विमानमा रहेका यात्रुहरूलाई सम्पर्क गर्न खोजिरहेको बताएका छन्।