आज बिहान ९ बजेदेखि प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान ९ बजेदेखि सुरु हुने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक समेत नेपाल आएका छन् ।

भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना नेपाल आएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिएका छन् । उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् ।

ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ । प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् । ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा। अनन्तकुमारले नै गरेका थिए ।