चारलाख ९४ हजार विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने

चारलाख ९४ हजार विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने

भक्तपुर : यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई० करिब चारलाख ९४ हजार विद्यार्थीले दिने भएका छन्। यहि चैत ६ गतेबाट माध्यामिक शिक्षा परीक्षा ९एसइई० सुरुहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एसइई परीक्षा सञ्चालनको सबै तयारी पूरा गरिसकेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार एसइई परीक्षाका लागि देशभर १९ सय ९४ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षाको समय अवधिभर परीक्षा केन्द्रमा प्रहरी परिचालन गरी सुरक्षा दिइने पनि जानकारी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय जनाएको छ । यसवर्ष १६ हजार पुरक परिक्षार्थी (फेल भएर फेरि दिने) पनि रहेका छन्।