फरार रहेका सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

फरार रहेका सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं : आफ्नो विपक्षमा फैसला आउने भए पछि फरार रहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् । उच्च अदालतको आदेश अनुसार तत्कालै झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले सिद्धबाबा अदालतमा उपस्थित भएको जानकारी दिए । एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले गत माघ दोस्रो साता पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।