आजको मौसम सम्बन्धी जानकारी

काठमाडौं : गत हप्तादेखि नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै केही दिन रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ । हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौंसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताएकी छन् । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको मौसम
फागुन २० गते (मंगलबार)
दिउँसो :
 देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी पहाडी भूभाग आंशिक बदली रहनेछ । तराई भूभाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभाग आंशिक बदली रहनेछ । तराई भूभाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

फागुन २१ गते (बुधबार)
दिउँसो :
 देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

फागुन २२ गते (बिहीबार)
दिउँसो :
 देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकि भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक र दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।