मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत, तटस्थमा ७ मत

मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत, तटस्थमा ७ मत

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतको लागि ९२ जना सांसद उपस्थित् थिए । मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ ।

उनको विपक्षमा भने २२ मत प्राप्त भयो । मुख्यमन्त्री बानियाँले ‘नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियामावली–२०७४ को नियम १४३ को उपनियम ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि’ राखेको प्रस्तावको पक्षमा ६३ मत खसेको थियो । तटस्थ मत भने ७ मत रहेको सभामुखले स्पष्ट पारेका छन् ।