जलवायु न्याय र हिमाली संकटबारे राष्ट्रसंघमा कडा आवाज उठाउँदै प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

जलवायु न्याय र हिमाली संकटबारे राष्ट्रसंघमा कडा आवाज उठाउँदै प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी प्रधानमन्त्री बालेन शाह शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दै स्वदेश फर्किएका छन्। महासभामा भाग लिन उनी गत मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका थिए।

न्युयोर्क बसाइका क्रममा असोज ८ गते महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यबारे स्पष्ट धारणा राखे। सो अवसरमा उनले विश्वका विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय नियोगका प्रमुखहरूसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्तासमेत गरे।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी-त्रिशूली बाढीको प्रसङ्ग उल्लेख गर्दै यसलाई जलवायु परिवर्तनले निम्त्याएको प्रत्यक्ष संकटका रूपमा विश्व समुदायसामु प्रस्तुत गरे। विश्वव्यापी जलवायु उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मार हिमाली क्षेत्रले खेप्नुपरेको प्रति उनले विश्वको ध्यानाकर्षण गराए।

‘जलवायु परिवर्तनले कुनै सीमा चिन्दैन,’ सम्बोधनका क्रममा शाहले भने, ‘हिमनदी पग्लेर आउने बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिको जोखिम नेपालसहित छिमेकी मुलुकहरू चीन र भारतसम्मै फैलिएको छ।’

जलवायु न्यायलाई केवल आर्थिक सहयोगको दायरामा मात्र सीमित राख्न नहुनेमा जोड दिँदै उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित मुलुक र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान स्थान र महत्त्व दिनुपर्ने माग राखेका छन्।

छुटाउनुभयो कि ?