नाउपाको राष्ट्रिय भेलाबाट रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

नाउपाको राष्ट्रिय भेलाबाट रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौंमा भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो।

अध्यक्ष श्रेष्ठ कास्कीको पोखरास्थिति लिचीबारी जग्गा प्रकरणमा मुछिएकी छिन्। सो जग्गा प्रकरणमा मुछिएर विवादित बनेपछि उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू पार्टीको कामकारबाहीबाट बाहिर छिन्।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाउने प्रस्तावमा संरक्षक रेशमलाल चौधरीलगायतका नेताहरुले असन्तुष्टि जनाएका थिए। रेशम–रञ्जिता श्रीमान/श्रीमती हुन्।