रिहा भएपछि के भने राप्रपा अध्यक्ष लिङदेनले ? आन्दोलन पूर्ण नभएको स्वीकार

रिहा भएपछि के भने राप्रपा अध्यक्ष लिङदेनले ? आन्दोलन पूर्ण नभएको स्वीकार

काठमाडौँ । सिंहदरबारमा प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई प्रहरीले रिहा गरेको छ । 

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरिएको हो । 

प्रहरीको नियन्त्रणबाट रिहा भएपछि राप्रपा अध्यक्ष लिङ्देनले आइतबारको आन्दोलन जेका लागि गरेको हो, त्यो पूर्ण हुन बाँकी रहेको प्रतिक्रिया दिए । उनले थप कार्यक्रम प्रकाशित गरेर आन्दोलन जारी राख्ने उल्लेख गरे ।