काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ। कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएकाउपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्याइएको थियो।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए।