काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गणतन्त्रवादीहरुले केही कमजोरी गर्दा विचौलियाहरुले लाभ लिने अवसर प्राप्त गरेको बताएका छन्।
समाजवादी मोर्चाले आज काठमाडौंमा गरेको सभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रवादीहरुले गरेका कमजोरीका कारण प्रतिक्रियाबादी,दलाल एवम् विचौलिाहरुले लाभ लिने अवसर प्रप्त भएको बताए।
अध्यक्ष प्रचण्डले कुलमानसम्म आइपुग्दा सरकारले के गर्न चाहेको भन्ने विषयले सरकार सुशासन कति चाहान्छ भन्ने विषय स्पष्ट हुँदै गएको बताए।
पूर्व प्रधानमन्त्री प्रचण्डले गणतन्त्रका सहयात्री दलहरुलाई आफ्ना गल्ती कमजोरी समीक्षा गर्न जनतातर्फ फर्काउन आग्रह गरे।