नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विवाद संसद्मा प्रवेश गरेको छ।
आज प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।
बैठक प्रारम्भ हुनासाथ माओवादी सांसद शक्ति बस्नेतले कुलमान बर्खास्त गर्नु गलत भएको जिकिर गर्दै संसद्लाई सम्बोधन गरेका थिए। विपक्षीको विरोधपछि संसद बैठक स्थगित भएको छ।





