धादिङ : धादिङमा सिमेन्ट बोेकेर काठमाडौँ आउँदै गरेको ट्रकको टायर पड्किँदा चालकको ज्यान गएको छ । उक्त दुर्घटनामा परी सहचालक घाइते भएका छन् ।
आज बिहान सवा ३ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ ज्यामिरेघाटमा पर्ने पृथ्वी राजमार्गमा वीरगञ्जबाट सिमेन्ट बोकेर बनेपातर्फ आउँदै गरेको ट्रकको टायर पड्किएर त्रिशुलीमा खस्दा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार शालिमार सिमेन्ट बोकेको ना ५ ख ३७७७ नं. को ट्रक दुर्घटनामा परी मकवानपुर घर भएका चालक बिखे थोकरको ज्यान गएको हो । घाईते १८ वर्षीय सह चालक राजेश विकको गजुरी अस्पतालमा उपचार भइहेको छ ।