सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको छ।
वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्नपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। घुस बापतको दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट बिहीबार पक्राउ गरिएको उनले बताए। केसीबारे थप अनुसान्धान भइरहेको छ।