चीनको वुहानमा रहेका नेपालीहरु लिन शनिबार दिउँसो ३ बजे विमान जादै

चीनको वुहानमा रहेका नेपालीहरु लिन शनिबार दिउँसो ३ बजे विमान जादै

काठमाडौं : चीनको वुहान र आसपासका सहरमा रहेका १८२ जना नेपाली नागरिक स्देश फर्काउनका लागी र उनीहरुको उद्धारका लागी आज शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर विमान साँझ ६ः४५ मा वुहान पुग्ने छ र त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज हो र त्यसमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् । काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।