नेपाली विद्यार्थीहरु लिन शनिबार नेपाल एयरलाइन्सको बिमान चीन जादै

नेपाली विद्यार्थीहरु लिन शनिबार नेपाल एयरलाइन्सको बिमान चीन जादै

काठमाडौँ : चीनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने विद्यार्थीहरुका लागि सूचना जारी गरेको छ । चीनस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनामा विद्यार्थी फर्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख छ ।

शनिबार नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइट ९ बजे वुहान विमानस्थलमा अवतरण हुनेछ। वुहानबाट यात्रुहरुलाई लिएर विमान ११ बजे ९चिनियाँ समयअनुसार० उड्नेछ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। आइतबार बिहान २ बजेर १५ मिनेटमा काठमाडौंमा अवतरण हुनेछ।