झापामा बुबाको बञ्‍चरो प्रहारबाट छोरीको मृत्यु

झापामा बुबाको बञ्‍चरो प्रहारबाट छोरीको मृत्यु

भद्रपुर : मादक पदार्थ सेवन गरेका बुबाले बञ्‍चरो प्रहार गरी आफ्नै छोरीको हत्या गरेको छ। झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने ४६ वर्षीय भीमबहादुर ठटालले २६ वर्षीय छोरी रेखाको हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी घर पुगेका बुबा भीमबहादुर र (झडकेलो) छोरी रेखा बिच घरायसी विवाद भएको थियो। विवादकै क्रममा बुबा भीमबहादुरले बिहीबार राति साढे ८ बजेको समयमा बञ्‍चरोको विडले छोरी रेखाको टाउको प्रहार गरेका थिए। बुबाको कुटाइबाट गम्भीर घाइते भएकी रहेको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो। यता, घटनापश्चात् इलाका प्रहरी कार्यालय झिलझिले बुबा भीमबहादुरलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।