अपडेट : प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली

अपडेट : प्रेम प्रस्ताव अस्वीकार गरेपछि प्रहरी जवानले आफैंलाई हाने गोली

सिन्धुली : सहकर्मीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका छन् ।

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज ९शुक्रबार० आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएका छन् । रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् । प्रहरी रायले आफ्नै दाहिने कोखामा गोली हानेका छन् ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भनिन् ।

प्रहरी स्रोतका अनुसार प्रेम प्रस्ताव अस्वीकार हुँदा केहीबेर वादविवाद भइ राइफल खोसेर रायले आत्महत्याको प्रयास गरेका हुन् । आज प्रणय दिवस पनि भएकाले उनले ड्यूटीमा रहेकी ती महिला प्रहरीलाई प्रेम प्रस्ताव गरेका थिए । दुवै प्रहरी अविवाहित हुन् ।