काष्ठमण्डप र वसन्तपुर दरबारको पुन निर्माण उत्साहजनक (फोटो फिचर)

काष्ठमण्डप र वसन्तपुर दरबारको पुन निर्माण उत्साहजनक (फोटो फिचर)

काठमाडौं : भूकम्पका कारण विश्व सम्पदा सूचीमा रहेका वसन्तपुर दरबार स्क्वायर लगायतका मठ मन्दिर सहित स्मारकहरूको पुन निर्माणको काम धमाधम भइरहेको छ । गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति उत्साहजनक रूपमा बढेको पुन निर्माण प्राधिकरणले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० चलिरहेको अवस्थामा सम्पदाको पुन निर्माणलाई अझ तीव्र बनाइएको बताइएको छ । काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ । काष्ठमण्डप र वसन्तपुर क्षेत्रमा भइरहेको पुन निर्माण कार्यलाई नेपालडेलीकर्मी जिवस परियार र सुजन कोइरालाले क्यामेरामा कैद गरेका छन् । हेर्नुहोस् तस्बिर :