आज १४ फेब्रुअरी, द भ्यालेन्टाइन डे

आज १४ फेब्रुअरी, द भ्यालेन्टाइन डे

काठमाडौं : आज १४ फेब्रुअरी, द भ्यालेन्टाइन डे अर्थात नेपालमा प्रणय दिवस । बिशेषगरी युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । आजको दिन प्रेमी र प्रेमीकाले एक अर्कालाइ गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गरिन्छ ।

प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवामा अवरोध हुन सक्ने भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर पादरी सेन्ट भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे ।

उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।