भारतमा एक नेपालीको गोलीहानी हत्या

भारतमा एक नेपालीको गोलीहानी हत्या

काठमाडौं : भारतमा एक नेपालीको गोलीहानी हत्या भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवलाई भारतबाट फर्कंदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेको हो । बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेज धनी सत्येन्द्र यादवसँग स्कार्पियोमा फर्कँदै थिए।

नेपाली नागरिकको हत्या भएपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस गरिरहेको छ । घटनाको विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।