सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ। प्रहरी कार्यालय चितवनका अनुसार सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन्।


सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ। सो सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन्।

सहारा सहकारीका बचतकर्ताहरुले यसअघि नै जाहेरी दिएका थिए। अहिले १० जनाविरुद्ध पुरक जाहेरी दर्ता गराएका हुन् । लामिछाने र जोशी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीमा ठगीमा अनुसन्धान भइरहेको छ।

रवि र छवि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत जोडिएका छन् । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।