उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त, राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनीयताको शपथ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त, राष्ट्रपतिसमक्ष लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन्। साहले बिहीबार नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साहलाई मन्त्री पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसलगत्तै राष्ट्रपतिले उनलाई नयाँ मन्त्रीका रूपमा नियुक्त गरेका हुन्।