चोरी गरेको स्कुटरसहित कलंकीबाट एक जना पक्राउ

चोरी गरेको स्कुटरसहित कलंकीबाट एक जना पक्राउ

काठमाडौं : काठमाडौंको दरबारमार्गबाट स्कुटर चोरी गरेर लैजाँदै गरेको अवस्थामा कलंकीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खाको सुलीकोट गाउँपालिका–१ का मिलन न्यौपाने रहेका छ्न् ।

स्कुटर धनीले आफ्नो स्कुटर चोरी भएकोबारेमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा खबर गरे लगत्तै उनी मंगलबार राति कलंकी चोकमा पक्राउ परेका हुन् । कलंकी चोकमा चेकजाँज गर्ने क्रममा न्यौपानेलाई बा।४८प ६१८६ नम्बरको स्कुटरसहित पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । स्कुटरसहित पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।