नवनियुक्त आईजीपी ज्ञवालीलाई गृह सचिवले लगाइदिए फुली

नवनियुक्त आईजीपी ज्ञवालीलाई गृह सचिवले लगाइदिए फुली

काठमाडौं : नवनियुक्त महानिरीक्षक नेपाल प्रहरीका (आईजीपी)ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहेको छ । सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।