कोरानाको जोखिम बढेको भन्दै सरकारले फेरि थाल्यो खोप अभियान

कोरानाको जोखिम बढेको भन्दै सरकारले फेरि थाल्यो खोप अभियान

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै खोप अभियान सुरू गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार पछिल्ला दिनमा स्थानीय तहमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् ।

बेलायत, अमेरिका लगायतका युरोपेलि मुलकमा ओमिक्रोनको सबभेरियन्ट एक्सइसीले संक्रमण, भर्ना र मृत्युदर बढाइरहेको छ । नेपालमा पनि जोखिम कायम नै छ । त्यसैलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहमा मागअनुसार खोप उपलब्ध गराउँदै अभियान सञ्चालन गरेको हो ।

धनगढी उप महानगरपालिकाले आजदेखि खोप अभियान सुरू गरेको छ । जसमा १२ बर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप दिनेछ ।

‘प्रत्येक वडामा तोकिएको खोप केन्द्रमा आजदेखि कोरोना विरुद्धको फाइजर खोप दिइदै छ’, उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ, ‘हालसम्म कोरोनाको खोप नलाएको वा पहिला खोप लगाएको कम्तीमा पनि एक वर्ष पुगेका सम्पूर्ण व्यक्तिलाई खोप दिइने छ ।’

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले विभिन्न स्थानीय तहले खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिए । अधिकांश स्थानीय तहले आफ्नो तालिका बनाएर खोप अभियान सञ्चालन गरिहेको महाशाखाले जनाएको छ ।