बस दुघर्टनापछि आगलागी हुँदा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का

बस दुघर्टनापछि आगलागी हुँदा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का

बैंकक । थाइल्यान्डमा प्राथमिक तहमा पढ्ने विद्यार्थीहरू बोकेको एउटा बस दुघर्टनामा पर्दा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ ।

राजधानी बैंकक नजिकै दर्जनौँ विद्यार्थी सवार सो बस पल्टिएर आगलागी भएको थियो । दुघर्टनामा १६ जना बालबालिका र तीन जना शिक्षकले भागेर ज्यान जोगाए । तर अरू २२ जना विद्यार्थी र तीन जना शिक्षक भने अझै भेटिएका छैनन् । 

उत्तरी प्रान्त उथाई थानीमा विद्यालयको स्थलगत भ्रमणमा गएका विद्यार्थी र शिक्षकहरूलाई लिएर बस फर्किरहेको थियो । आगोले ेबस पूरै जलेर खरानी भएको फोटाहरू सार्वजनिक भएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।