निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु

काठमाडौं : संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । काठमाण्डौ जिल्ला अदालतमा आइतबार दिउँसो ११ बजेबाट थुनछेक बहस सुरु भएको हो ।

उनलाई गएको शुक्रबार न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।