काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित परिषद्को सचिवालयमा बसेको उक्त बैठकमा देशको समग्र सुरक्षा अवस्थाका बारेमा गम्भीर समीक्षा तथा छलफल गरिएको छ।
बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्ने, सम्भावित विपद् प्रतिकार्यको तयारी मजबुत बनाउने तथा राष्ट्रिय सुरक्षार्थ अपनाउनुपर्ने रणनीतिक विषयहरूमा विस्तृत छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिएकी छन्।
देशको वर्तमान सुरक्षा स्थितिलाई सुदृढ राख्न र सरकारका आगामी सुरक्षासम्बन्धी नीतिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।