काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह शीतल निवास पुगेका छन् । शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता जारी रहेको बताइएको छ ।
रास्वपा सभापति रवि लामिछाने राष्ट्रपतिलाई भेटेर निस्किएलगत्तै प्रधानमन्त्री पनि शीतल निवास पुगेका हुन् । भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेको भन्दै केहीले प्रधानमन्त्रीको आलोचनासमेत गरेका थिए । हिजो बालेनले सभापति लामिछानेसँग लामो संवाद गरेका थिए ।
भारत भ्रमणबाट फर्किएको ५ दिनपछि बालेनले राष्ट्रपति भेटेका हुन् । यसअघि रविले सरकारका कामकारबाही, संसद अधिवेशन, अध्यादेश र समसामयिक राजनीतिबारे राष्ट्रपतिसँग छलफल गरेका थिए ।