आजको १२ वटै राशिको राशिफल: आर्थिक लाभदेखि स्वास्थ्यसम्म कस्तो रहनेछ दिन ?

आजको १२ वटै राशिको राशिफल: आर्थिक लाभदेखि स्वास्थ्यसम्म कस्तो रहनेछ दिन ?
  • मेष: दिन समग्रमा राम्रो छ। पुरानो गुम्न लागेको सम्पत्ति फिर्ता हुन सक्नेछ। शिक्षा र राजनीतिक क्षेत्रमा गरिएका प्रयासहरू सफल रहनेछन्। स्वास्थ्यमा भने केही समस्या देखा पर्न सक्छ। अग्रजको सल्लाह र मार्गदर्शनमा काम गर्दा विशेष फाइदा मिल्नेछ।

  • वृष: दिन सामान्य नै छ। सानातिना कुरामा समेत झर्कोलाग्ने र चिटचिटाहट बढ्न सक्छ। आम्दानीभन्दा खर्चको मात्रा बढ्ने योग छ भने स्वास्थ्यमा पनि केही बाधा आउन सक्छ। राजनीति र सामाजिक क्षेत्रमा रुचि बढे पनि परिवारसँगको सम्बन्ध भने सुमधुर र सहज बन्नेछ।

  • मिथुन: दिन राम्रो रहेको छ। तपाईंको बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। यद्यपि, शिक्षाको क्षेत्रमा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।

  • कर्कट: दिन शुभ छ। व्यापारिक व्यवसायबाट राम्रै नाफा कमाउन सकिनेछ। विपक्षीसँगको कारोबारमा समेत फाइदा हुनेछ। परिवारमा आपसी मेलमिलापको वातावरण बन्नेछ भने विदेशी लगानी फस्टाएर जानेछ।

  • सिंह: दिन केही प्रतिकूल र सामान्य रहनेछ। सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुन सक्नेछ भने मन अशान्त बन्ने जोखिम छ। राम्रा काम गर्दागर्दै पनि तपाईंमाथि अनावश्यक आरोप लाग्न सक्छ। खानपानमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यमा समस्या आउन सक्छ।

  • कन्या: दिन सामान्य छ। व्यापारमा सामान्य घाटा हुन सक्ने भएकाले नाफा कमाउन थप मिहिनेत गर्नुपर्नेछ। तपाईंको कडा बोलीको कारण आफन्तजन टाढिन सक्छन्। पश्चिम दिशाको लामो यात्रा नगर्नु नै उचित हुन्छ। यद्यपि, प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।

  • तुला: दिन राम्रो छ। पठनपाठनमा मन जानेछ र तपाईंको कार्यशैलीको उच्च प्रशंसा हुनेछ। राजनीतिक तथा कूटनीतिक क्षेत्रमा चासो र सक्रियता बढ्नेछ। परिवारको पूर्ण साथ र प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

  • वृश्चिक: दिन सामान्य प्रकृतिको छ। यात्राका क्रममा विशेष सचेतता अपनाउनु उचित हुन्छ। यद्यपि, गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ भने सम्पत्ति आर्जन गर्ने योग छ। परिवारको साथसहयोग र धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ।

  • धनु: दिन राम्रो छ। छोटो तथा रमाइलो घुमघामको योग छ। राजनीतिक क्षेत्रमा जनसेवा गर्ने अवसरहरू मिल्नेछन्। परिवारको सहयोगमा गरिएका सम्पूर्ण कार्यहरूमा सफलता हात लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

  • मकर: दिन अति उत्तम छ। आय आर्जनमा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएको सम्पत्ति प्राप्तिको बाटो खुल्ने दिन छ। स्वास्थ्यमा सकारात्मक सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट समेत लाभ मिल्ने प्रबल योग छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

  • कुम्भ: दिन राम्रो छ। मन शान्त र प्रसन्न रहनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा तपाईंको चासो बढ्नेछ। परिवारको साथ र सहयोगले सोचेका कामहरू समयमै बन्नेछन्। अधिकांश समय पारिवारिक जिम्मेवारी पूरा गर्नमा बित्नेछ।

  • मीन: दिन सामान्य रहनेछ। सानातिना कुराले पनि मनमा तनाव बढाउन सक्छ। आफूभन्दा ठूला वा मान्यजनबाट अपमानित भएको महसुस हुन सक्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ भने शिक्षाको क्षेत्रमा भने केही सुधारका संकेत देखिनेछन्। परिवारको साथ भने निरन्तर रहनेछ।