आजको राशिफल: आर्थिक, सामाजिक र व्यावसायिक क्षेत्रमा कसलाई मिल्ला सफलता ?

आजको राशिफल: आर्थिक, सामाजिक र व्यावसायिक क्षेत्रमा कसलाई मिल्ला सफलता ?

मेष

आजको दिन अनुकूल रहनेछ। सामाजिक तथा सार्वजनिक कार्यबाट लाभ मिल्नेछ। संकटको घडीमा परिवारजनको साथ र सद्भाव प्राप्त हुनेछ भने गरिएको श्रमको उचित मूल्याङ्कन हुनेछ।

वृष

शिक्षा र व्यापारमा गरिएको लगानीबाट राम्रो प्रतिफल हात लाग्नेछ। इष्टमित्र तथा बन्धुवान्त्वको सहकार्यले फाइदा पुग्नेछ। राजनीति तथा प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछन्।

मिथुन

प्रियजनसँगको भेटघाटले मन प्रफुल्लित बन्नेछ। पठनपाठनप्रति रुचि बढ्नेछ भने नतिजाको प्रतीक्षामा रहेकाहरूको पक्षमा सकारात्मक परिणाम आउनेछ। यद्यपि, यात्राका क्रममा भने सतर्कता अपनाउनु पर्नेछ।

कर्कट

दिन सकारात्मक रहनेछ। सहकर्मीहरूसँगको सहकार्यले कार्यक्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरिएको लगानी सार्थक बन्नेछ भने प्रतिस्पर्धीहरूको गतिविधिमाथि विजय प्राप्त हुनेछ।

सिंह

आजको दिन शुभ फलदायी रहेको छ। कृषिजन्य व्यवसायमा आबद्धहरूले राम्ररी नाफा कमाउन सक्नेछन्। शैक्षिक क्षेत्रमा उन्नति हुनुका साथै तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

कन्या

दिन सामान्य नै रहनेछ। कार्यसम्पादनमा केही बाधा-अवरोध देखिन सक्छन्। सामाजिक क्षेत्रमा आंशिक सफलता मिले पनि अप्ठ्यारो परिस्थितिमा परिवारको पूर्ण सहयोग प्राप्त हुनेछ।

तुला

अध्ययनप्रति एकाग्रता बढ्नेछ र शैक्षिक क्षेत्रमा प्रगतिको योग छ। पारिवारिक सम्बन्धमा सुमधुरता छाउनेछ। तर, पश्चिम दिशाको लामो यात्राबाट भने टाढै रहनु उचित हुन्छ।

वृश्चिक

दिन उत्साहजनक रहनेछ। मन प्रशन्न रहनेछ भने निजी क्षेत्रको दाँजोमा सामाजिक सेवामा समय बढी व्यतीत हुनेछ। पारिवारिक साथ र सामूहिक प्रयासबाट राम्रो फाइदा लिन सकिनेछ।

धनु

आजको दिन लाभदायक छ। सञ्चित धनको सदुपयोग हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार आउनेछ। यद्यपि, आफ्ना आन्तरिक योजनाहरू गोप्य राख्नु नै श्रेयस्कर हुनेछ।

मकर

दिन सामान्य रहनेछ। आज वित्तीय लगानी जोखिमपूर्ण बन्न सक्ने भएकाले कुनै पनि क्षेत्रमा लगानी गर्नुअघि राम्ररी विचार पुर्याउनु होला। बोलिमा संयमता अपनाउनु आवश्यक छ भने प्रेम सम्बन्धमा केही खटपटी आउन सक्छ।

कुम्भ

दिन अनुकुल रहनेछ। सोचेका कार्यहरू सम्पन्न हुनेछन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा अग्रसर हुन आँट र जोस बढ्नेछ। मनोरञ्जनका क्रममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ।

मीन

आजको दिन फलदायी रहनेछ। वैदेशिक वा लामो यात्रा सफल बन्नेछ। शिक्षा तथा स्वास्थ्यमा सुधारका संकेत देखिएका छन् भने ऋणभार क्रमशः घट्दै जानेछ। प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ।