नेपाली ज्योतिषीय मान्यता अनुसार आजको दिन विभिन्न १२ वटै राशिका लागि मिश्रित फलदायी रहने देखिएको छ। ग्रहहरूको चाल र स्थितिका आधारमा मेषदेखि मीन रासम्मका व्यक्तिहरूको दैनिक जीवन, आर्थिक स्थिति, स्वास्थ्य र पारिवारिक सम्बन्धमा पर्ने प्रभावहरूको संक्षिप्त विवरण यसप्रकार रहेको छ।
मेष: आजको दिन सामान्य रहनेछ। सानो विषयलाई लिएर व्यवहारमा केही झन्झट उत्पन्न हुन सक्नेछ भने सामाजिक क्षेत्रमा विवादको जोखिम रहन सक्छ। बाह्य कामभन्दा परिवारको जिम्मेवारीमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुन्छ। शैक्षिक क्षेत्रमा भने प्रगति हासिल हुनेछ।
वृष: दिन शुभ र लाभदायक छ। सोचेर गरिएको लगानीबाट आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार ल्याउन खानपानमा विशेष ध्यान दिनुपर्नेछ। साथीभाइको सहयोगले अपूरा काम बन्नेछन् भने सामाजिक सेवामा समय बिताउँदा मन शान्त रहनेछ।
मिथुन: सर्तकता अपनाएर अगाडि बढ्नुपर्ने दिन छ। नियमित कामकाजका बेला मनमा केही अशान्ति छाउन सक्छ। यद्यपि, मित्रवर्गको साथ र सहयोग प्राप्त हुनेछ। व्यावहारिक मामिलामा सचेत बन्दै कम बोलेर धेरै काम गर्ने नीति अपनाउनु उचित हुन्छ।
कर्कट: दिन सहज र अनुकूल रहेको छ। आम्दानीका स्रोतहरू खुल्नेछन्। संकटको समयमा आफन्तभन्दा साथीभाइको दरिलो साथ रहनेछ। विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम जीवन सफल रहनेछ।
सिंह: विभिन्न क्षेत्रमा अवरोध सिर्जना हुन सक्ने दिन छ। राजनीतिक संगठनमा अन्य व्यक्तिको कमजोरीको जिम्मा आफैँले लिनुपर्ने परिस्थिति आउन सक्छ। स्वदेशी लगानीभन्दा वैदेशिक क्षेत्रबाट मानसिक शान्ति मिल्नेछ। पारिवारिक सम्बन्ध भने सुमधुर रहनेछ।
कन्या: दिन उत्साहवर्धक छ। संकटको बेलामा परिवारको पूर्ण साथ र सहयोग प्राप्त हुनेछ। सञ्चित धनलाई महत्त्वपूर्ण क्षेत्रमा सदुपयोग गर्न सकिनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ भने व्यापारिक लगानीबाट फाइदा मिल्नेछ।
तुला: शैक्षिक क्षेत्रमा उन्नति र प्रगति हुने दिन छ। साथीभाइको सहयोगले हौसला बढ्नेछ। राजनीतिक संगठनमा सेवा गर्ने अवसर जुर्नेछ। यद्यपि, परिवारका सदस्यहरूको भावनाको कदर गर्न नसक्दा केही खटपटी उत्पन्न हुन सक्नेछ।
वृश्चिक: दिन सकारात्मक रहेको छ। तपाईंको वाक्पटुता र बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्नेछन्। मनमा कुरा लुकाएर नराखी स्पष्ट रूपमा राख्नु लाभदायक हुन्छ। प्राविधिक शिक्षातर्फको प्रयास सफल बन्नेछ भने उच्च पदस्थ व्यक्तिको भेटले मन प्रसन्न रहनेछ।
धनु: दिन सामान्य प्रकृतिको छ। खर्चमा वृद्धि हुनेछ। एकल निर्णयभन्दा साथीभाइको परामर्श र सहयोग लिएर अगाडि बढ्नुपर्ने दिन छ। स्वदेशभन्दा वैदेशिक क्षेत्रबाट नाम र दाम कमाउने योग छ। मित्रहरूसँगको व्यवहारमा विशेष सावधानी अपनाउनुहोला। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
मकर: दिन अनुकूल र फलदायी छ। आम्दानीमा वृद्धि हुनेछ। महत्त्वपूर्ण कार्यहरू गर्न स्वास्थ्यले पूर्ण साथ दिनेछ। बिहानको समयमा पीपलको दर्शन गरेमा दिन थप सहज बन्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
कुम्भ: शुभ कार्यको थालनीले मनमा प्रसन्नता छाइरहनेछ। नयाँ क्षेत्रमा लगानी गर्नुभन्दा पनि आफूसँग भएको सम्पत्ति जोगासतर्फ ध्यान दिनुपर्ने समय छ। परिवार तथा साथीभाइको सद्भाव र साथ निरन्तर प्राप्त भइरहनेछ।
मीन: दिन शुभ र लाभदायक छ। रोकिएका महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। सामूहिक निर्णयको पालना गरेर अगाडि बढेमा विशेष फाइदा मिल्नेछ। शिक्षामा सफलता हासिल हुनेछ। गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ भने हरेक कार्यमा परिवारको साथ जुट्नेछ।