मेष राशिको आजको दिन अनुकूल रहनेछ। पैतृक वा व्यक्तिगत सम्पत्तिको उचित सदुपयोग गर्नुपर्ने हुन्छ। अग्रज व्यक्तिबाट महत्त्वपूर्ण सहयोग प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका संकेत देखिएका छन् भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष राशिका लागि काम बन्ने दिन रहेको छ। व्यक्तिगत लगानीबाट राम्रो मुनाफा हासिल हुनेछ। शिक्षा क्षेत्रमा भने थप मिहिनेत गर्नु उचित हुन्छ। परिवारको साथ र सहयोग निरन्तर रहनेछ।
मिथुन राशिको दिन सकारात्मक छ। समाजमा गरिएको कार्यको उच्च चर्चा हुनेछ। व्यापारिक लगानीबाट फाइदा मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ।
कर्कट राशिको दिन शुभ छ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिएका छन्। काम गर्दा गोपनीयता कायम राख्नु उचित हुन्छ। नजिकैको धार्मिक यात्रा तय हुने सम्भावना छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह राशिको दिन सामान्य रूपमा शुभ रहेको छ। आज कम बोल्दै कार्यक्षेत्रमा अघि बढ्नुपर्ने देखिन्छ। राजनीति तथा सामाजिक क्षेत्रमा क्षति हुन सक्नेछ। स्वास्थ्यमा केही समस्या देखा पर्न सक्ने भए पनि पारिवारिक मेलमिलाप कायम हुनेछ।
कन्या राशिको दिन राम्रो छ। आज खर्चमा वृद्धि हुने सम्भावना रहे पनि अन्य व्यक्तिको विवादबाट फाइदा मिल्नेछ। स्वास्थ्य लाभ हुनेछ भने शिक्षामा गरिएको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ र परिवारसँग रमाइलो समय बित्नेछ।
तुला राशिको दिन अनुकूल रहेको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानीका क्षेत्रमा कार्यक्षमता र उत्साह बढ्नेछ। कृषि तथा जग्गासम्बन्धी कारोबारबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक राशिको दिन शुभ छ। बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। सहयोग गर्ने सहकर्मी तथा साथीहरूको दायरा बढ्नेछ। स्वास्थ्य उपचार गराइरहेकाहरूको स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ। अग्रजको सुझावमा गरिएको कार्य सफल बन्नेछ।
धनु राशिको दिन सामान्य रहेको छ। विरोधीहरू सक्रिय रहने हुनाले कार्य गर्दा सचेत बन्नुपर्ने हुन्छ। हरेक कार्यमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ।
मकर राशिको दिन राम्रो छ। सोचेका सम्पूर्ण काम बन्नेछन्। हराएका सामान फेला पर्ने सम्भावना छ। संकटको समयमा साथीभाइको साथ प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा सुधार आउनेछ।
कुम्भ राशिको दिन अनुकूल छ। व्यापार व्यवसायमा महत्त्वपूर्ण निर्णय लिइनेछ। विश्वास गरिएका पात्रबाट साथ प्राप्त हुनेछ। उपचाररत व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक व्यक्तित्वहरूसँगको भेटघाटले मनमा शान्ति मिल्नेछ।
मीन राशिको दिन शुभ रहेको छ। शत्रु पक्ष पराजित हुनेछन् भने फाइदा लिन खोज्नेहरू सक्रिय रहनेछन्। परिवारमा मेलमिलाप कायम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ र मनमा उत्साह बढ्नेछ।