राशिफल: आजको दिन तपाईंका लागि कस्तो रहला?

राशिफल: आजको दिन तपाईंका लागि कस्तो रहला?

मेष

दिन सामान्य रहे पनि वैदेशिक रोजगारीमा गरिएको लगानीबाट नाफा हुनेछ। सञ्चित धन खर्च हुने योग रहेकाले ठुलो लगानी नगर्नु नै राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ भने गुरुको सम्मान गर्दा विशेष फाइदा मिल्नेछ।

वृष

दिन अति उत्तम रहेको छ। भाग्यको उदय हुनुका साथै शिक्षामा प्रगति र स्वास्थ्यमा सुधार हुनेछ। व्यापार-व्यवसायमा फाइदा, सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा र प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन

दिन राम्रो छ। आफ्नै बोलीको प्रभावले रोकिएका काम बन्नेछन् र शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो पल बिताउन पाइनेछ, तर स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

कर्कट

तपाईंको प्रतिभा प्रदर्शन गर्ने गतिलो दिन छ। व्यापारमा फाइदा र पठनपाठनमा रुची बढ्नेछ। आफ्ना योजनाहरू गोप्य राखेर काम गरेमा ठुलो लाभ हासिल गर्न सकिनेछ।

सिंह

दिन सामान्य रूपमा फलदायी छ। डुब्न लागेको धन उठ्ने सम्भावना छ भने सामाजिक तथा राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। स्वास्थ्यमा भने केही समस्या आउन सक्ने तर्फ सचेत हुनुपर्छ।

कन्या

दिन अनुकूल छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ, पठनपाठनमा मन जानेछ र पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा सुधार भए पनि पूर्वतर्फको लामो यात्राबाट टाढै रहनु उचित हुन्छ।

तुला

दिन शुभ छ। धर्मकर्ममा मन जाने र साथीभाइसँग भेटघाट हुने योग छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मान-प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ।

वृश्चिक

आजको दिन सामान्य प्रकृतिको छ। अरूमाथि विश्वास गर्नुभन्दा आफ्नै जिम्मेवारीमा ध्यान दिनु आवश्यक छ। परिवारमा कामको बोझ थपिनुका साथै अनावश्यक खर्च र साथीबाट आलोचनाको सामना गर्नुपर्ने देखिन्छ।

धनु

दिन सामान्य छ। तपाईंले गरेको मेहनतको जस अरूले नै लिने अवस्था आउन सक्छ भने राजनीतिप्रति वितृष्णा बढ्न सक्छ। परिवारको साथ मिल्नेछ र स्वास्थ्य उपचाररतहरूको स्वास्थ्यमा सुधार हुनेछ।

मकर

पुराना साथीसँग भेटघाट हुने दिन छ। धार्मिक कार्यमा मन गए पनि अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुन सक्छ। नयाँ मान्छेसँग व्यापारिक कारोबार नगर्नु नै फाइदाजनक हुनेछ।

कुम्भ

दिन सामान्य नै रहनेछ। अनावश्यक यात्रा र घाटाको व्यापारबाट सम्पत्ति तथा समय क्षति हुन सक्छ। धार्मिक क्षेत्रमा रुचि बढे पनि नयाँ व्यक्तिसँगको कारोबारमा डुब्ने जोखिम रहेकाले सावधानी अपनाउनु पर्छ।

मीन

दिन निकै राम्रो छ। सोचेका कामहरू बन्नाले मन प्रसन्न रहनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा रुचि बढ्नुका साथै रमाइलो घुमघामको योजना बन्नेछ।