दैनिक राशिफल : आज तपाईंको भाग्य कस्तो छ ?

दैनिक राशिफल : आज तपाईंको भाग्य कस्तो छ ?

मेष राशि भएकाहरूका लागि आजको दिन अनुकूल रहनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको प्रयास सफल बन्नेछ भने राजनीतिक क्षेत्रमा प्रगति हासिल हुनेछ। विपक्षीहरू शान्त रहेका कारण सोचेका कामहरू बन्नेछन्। यद्यपि, परिवारलाई समय दिन नसक्दा केही खटपटी बढ्न सक्नेछ।

वृष राशिमा आजको दिनलाई सदुपयोग गर्नुपर्ने समय छ। स्वास्थ्य र शिक्षामा गरिएको लगानीले हौसला थप्नेछ भने श्रमको उचित मूल्य प्राप्त हुनेछ। तर, परिवारमा मनमुटाव हुने जोखिम रहेकाले थोरै बोलेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ।

मिथुन राशिका लागि आजको दिन राम्रो छ। व्यापारमा नाफा हुनुका साथै सहकार्यमा गरिएको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ भने लगानी गरेको क्षेत्रबाट लाभ प्राप्त हुने योग छ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्नेछ।

कर्कट राशि भएकाहरूको सम्पत्तिमा वृद्धि हुनेछ। राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ भने वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ। साथै, पारिवारिक मेलमिलापको वातावरण बन्नेछ।

सिंह राशिका लागि आजको दिन सामान्य रहनेछ। आफन्त टाढा पुग्ने तथा अनावश्यक यात्रामा समय र पैसा खर्च हुने स्थिति आउन सक्छ। आफन्तभन्दा बाहिरका व्यक्तिको साथ र सहयोग बढी मिल्नेछ। पश्चिम दिशाको यात्रा नगर्नु राम्रो हुनेछ भने संकटको बेला परिवारको साथ प्राप्त हुनेछ।

कन्या राशिका लागि आजको दिन शुभ रहेको छ। कृषि सम्बन्धी व्यापारबाट नाफा हुने र काम सहज बन्नेछ। परिवारसँग रमाइलो घुमघाम तय हुनुका साथै धार्मिक यात्रा हुने योग छ।

तुला राशिमा मान-सम्मान प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनुका साथै उपचाररत व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। कला क्षेत्रमा उन्नति हुनेछ भने राजनीतिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। परिवारभित्रको विवादबाट जोगिएर काम गर्नु उचित हुन्छ।

वृश्चिक राशिका लागि आजको दिन सामान्य छ। पश्चिम दिशाको यात्रा नगर्नु उपयुक्त हुन्छ भने सानो कुराले पनि सताउने जोखिम रहन सक्छ। राजनीति र शिक्षा क्षेत्रमा सुधारका संकेत देखिएका छन् भने व्यापारमा मिहिनेतको फल प्राप्त हुनेछ।

धनु राशि भएकाहरूका लागि दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुरेको छ। पुराना साथीसँगको भेटले जीवनमा नयाँ आयाम थप्नेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुनुका साथै प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर राशिका लागि आजको दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुने योग छ। दाजुभाइसँगको एकताले मन शान्त भए पनि परिवारभित्रको विवादले मन अशान्त बन्न सक्छ। पूर्व दिशाको यात्रा नगर्नु उचित हुनेछ भने एकल लगानीबाट घाटा हुने जोखिम रहेको छ।

कुम्भ राशि भएकाहरूको आज पठनपाठनमा रुचि बढ्नेछ। कतै नतिजाको प्रतीक्षा गरिरहेको भए सो तपाईंको पक्षमा आउनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक कार्यहरू सहजै सम्पन्न हुनेछन्।

मीन राशिका लागि आजको दिन सामान्य छ। अनावश्यक विवाद बढ्न सक्ने भएकाले कम बोल्नु उचित हुन्छ। स्वास्थ्यमा केही समस्या देखिन सक्छ भने शिक्षा र स्वास्थ्य क्षेत्रका काममा ढिलासुस्ती हुन सक्छ। रोजगारीका क्षेत्रमा सहकर्मीसँग विवाद बढ्न सक्ने तर्फ सचेत हुनुपर्छ।